धनगढी पोष्ट
आइतबार, २१ असार २०७७ मा प्रकाशित
धनगढी
कैलालीको धनगढीबाट प्रशारण हुदै आएको दिनेश एफएम र दिनेश खवरका वरिष्ट संवाददाता कमल सावद माथि समाचारको बिषयलाई लिएर भएको दुब्र्यबहारको नेपाल पत्रकार महासंघ कैलाली शाखाले भत्र्सना गरेको छ ।
प्रदेश सरकारको भूमी ब्यवस्था, कृषि तथा सहकारी मत्रालयको पशुपन्छी महाशाखा प्रमुख डा.हेमराज अवस्थीको कार्यकक्षमा रिपोर्टिङ्ग गरिरहेको समयमा पत्रकार सावदमाथी आईतबार दिउसो धनगढी ५ का हर्क बहादुर देउवा र ठक्कर देउवाले हातपात, गालीगलौज गर्दै दुब्र्यवहार गरेका छन ।
महासंघ शाखा सचिब मीन ठकुरीद्धारा हस्ताक्षरित बिज्ञेप्तीमा भनिएको छ – ‘समाचारको बिषयलाई लिएर पत्रकार सावदमाथी गरिएको उक्त घटनाको महासंघ घोर निन्दा गर्दछ ।
समाचारमा बिमती भए त्यसको कानुनी उपचारको बाटो हुदाहुदै पनि पत्रकारलाई हतोत्साहित हुने गरि दुर्ब्यहार गरिएको घटनाले आमपत्रकारको सुरक्षा चिन्ता बढेको महासंघको ठहर छ । महासंघले उक्त घटनामा सलंग्नहरुलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दै यस्ता प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता विरोधी गतिविधि नगर्न र नगराउन सचेत समेत गराएको छ ।