धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

अछाम पहिरो पीडितलाई राहत हस्तान्तरण

धनगढी । अछामका पहिरो पीडित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै गएर राहत रकम हस्तान्तरण गरेको छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री  रणबहादुर रावल अछामको तुर्माखाद, ढकारी र कमलबजार गाँउपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन् । 

सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रकम कृया घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रावलले जानकारी दिए । बिपदमा ज्यान गुमाएका प्रति व्यक्तीलाई राहत एक लाख र कृया खर्च २० हजार गरी एक लाख बिस हजार, एक भन्दा बढी मृत्यु भएका परिवारलाई दुई लाख क्षतिपुर्ति र कृया खर्च २० हजार गरी दुई लाख ४० हजारका दरले राहत रकम हस्तान्तरण गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासनीले जानकारी दिए । 

अहिले प्रारम्भिक रुपमा सुदूरपश्चिम सरकारले राहत लिएर आईपुगेको बताउदै पहिरो पिडितका लागि थप राहतको प्याकेज ल्याउने मन्त्री रावलले बताए । बिपतका समयमा एकअर्कालाई सहयोग भावना देखाउदै सबैले पिडामा मलम लगाउन सबै हातेमाले गर्नुपर्ने उनले बताए ।

अछाम जिल्लामा पहिरोल धेरै क्षति पुगाएको बताउदै राहत बितरण गर्न पुगेका मख्यमन्त्री त्रिलोचन भट्टले यसलाई चाडै पुनस्र्थापनका लागि लाग्ने बताए । अहिले बाटाघाट सबै बन्द भएका छन् भएको राहत सामग्री पनि प्रभावित क्षेत्र पुगाउन नसकेको बताउदै मुख्यमन्त्री भट्टले सडक सञ्जाल मर्मत गरेर सामग्री बनाउने पठाउने बताए ।