धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

गोदावरीका महिलालाई उद्यमशिल तालिम

गोदावरीका महिलालाई उद्यमशिल तालिम

धनगढी । कैलालीको गोदावरी नगर क्षेत्रका साना महिला उद्यमीले उद्यमशिलता तालिम अभावका कारण आफ्नो मनोवल कम्जोर भएको बताएका छन् । 

सानो लगानीमा गरिएको व्यवसायबाट धेरै फाइदा लग्न खोज्दा त्यसतो भएको प्रतिक्रिया दिएका हुन् । दलित महिला संघ फेडोले उद्यमी महिलाका लागि गोदावरीमा आयोजना गरेको उद्यम शिलता तालिम पछि भने ती महिलाले पुनः व्यवसाय गर्ने हौसला मिलेको जनाएका छन् । ‘सानो लगानीमा मैले गुडिया बनाउने उद्योग सञ्चालन गर्न थालेकि थिए,’ गोदावरी नगरपालिका–१ की व्यवसायी सोमति देवि विकले भनिन्, ‘तर कसरी सञ्चालन गर्ने भन्ने ज्ञान नहुँदा विस्थापित हुने अवस्थाा थिए, तालिम पाएपछि ममा फेरी हौसला बढेको छ, अव सफल भएर देखाउछु ।’ 

गोदावरी–३ की नन्दा विकले पनि छोड्ने योजना बनाएको खाजा पसल पुनः सञ्चालन गर्ने आँट तालिम पछि प्राप्त भएको बताइन् । सानो लगानीमा सञ्चालन गरेको व्यवसायबाट फाइदा लग्न सकिदैन भन्ने सोचका कारण मलाई व्यवसाय सञ्चालन गर्ने रुची घट्दै गएको थियो,’ उनले भनिन्, ‘तर फेडोले दिएको तालिम पछि मैले व्यवसायको महत्व बुझ्ने मौका पाए, व्यवसाय सञ्चालन कसरी गर्ने भन्ने बारेमा पनि बुझ्ने मौका पाए, सिकेका कुरा व्यवहारमा लागु गर्दै व्यवसायलाई निरन्तरा दिने आँट अहिले आएको छ ।’ उनले आजाका परिकार बनाउने तालिम पाए आफुलाई झनै सजिलो हुने बताइन् ।

स्थानीय कविता नागरिकले पनि तालिमले आफुमा उर्जा प्राप्त भएको बताइन् । आफु मुटुको रोगि भएको भन्दै उनले सवैले केही गर्न सक्दैन भनेर कम्जोर बनाउने गरेको बताइन् । 

तर मैले पहिलो पटक व्यवसायीक तालिम लग्ने मौका पाए, सोनो सिलाईकटाई व्यवसाय सुरु गरेकिछु, अव त्यसलाई थप व्यवस्थित गरेर काम गर्ने छु ।’ उनले फेडोका कारण आफुले पहिलो पटक तालिम पाउँने अवसर पाएको भन्दै संस्थालाई धन्यवाद दिइन् । 

स्थानीय स्तरमा स–सानो व्यवसाय सञ्चालन गरेका महिलालाई आफुले सञ्चालन गरेको व्यवसायलाई कसरी पबद्धन गर्ने, बजारी करण कसरी गर्ने, त्यसबाट कसरी फाइदा लग्न सकिन्छ भन्ने बारेमा तीन दिने तालिम प्रदान गरिएको दलित महिला संग फेडोका कैलाली सञ्योजक विनोद घिमिरेले बताए । ‘स्थानीय स्तरमा स–सानो व्यवसाय सुरु गरेपनि महिलाले त्यसलाई कसरी सञ्चालन गर्ने, व्यापारका नीति, नियम के छन् भन्नेकुराको जानकारी पाएका हुँदैनन्,’ घिमिरेले भने, ‘त्यसता महिलालाई व्यवसायमा टिकिरहन र सानो व्यवसायलाई कसरी ठुलो बनाउन सकिन्छ भन्ने बारेमा तालिम मार्फत जानकारी गराउने प्रयत्न गरेका हौं ।’

अत्तरिया उद्योग बाणिज्य संघका उपाध्यक्ष कल्याणसिंह बोहराले महिलाले आफ्नो खुट्टामा उभिन सक्नु सवै भन्दा ठुलो सफलता भएको बताए । उनले स–सानो व्यवसाय सुरु गरेर भविश्यमा त्यसलाई सफल बनाउन सकिने भन्दै उनले सिकेका कुरा व्यवहारमा उतार्नु भने अपरिहार्य रहेको बताए । उनले तालिम प्रदान गरेपछि तालिम लग्ने महिलाको अवस्था कस्तो छ भन्ने बारेमा पनि बुझ्नु जरुरी रहेको बताए । उपाध्यक्ष बोहराले व्यवसायमा जोडिएका महिलालाई उद्योग बाणिज्य संघले तालिम संगै बजारीकरणमा सघाउ पु¥याउने बताए ।

घरेलु महाँसंघ गोदावरी नगर कमिटि अध्यक्ष माया विष्टले महिला बलिाये हुन  स्वरोज्गार हुनु जरुरी रहेको बताइन् । ‘जब सम्म महिला सक्षम हुदैनन्, तब सम्म समाजको हेपाह हामीमाथी कायमै रहन्छ,’ विष्टले भनिन्, ‘सक्षम बन्न स्वरोज्गार बन्नु अपरिहार्य छ ।’ उनले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागि महिलालाई आग्रह गरिन् । धेरै महिलाले तालिममा सहभागि हुने तर सिकेको शिप व्यवहारमा लागु नगर्ने गरेको भनदै उनले शिप सिकेपछि त्यसको सदुपयोग गर्नु पर्ने बताइन् ।

घरेलु महाँसंघले स्थानीय स्तरमा उत्पादन हुने सामाग्रीको बजारीकरणमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

कैलाली सून चाँदी व्यवसायी संघकी उपध्यक्ष सकुन्तला सोपले महिला सक्षम नहुँदा समाजको हेपाह प्रवृति नहट्ने बताइन् । ‘जब सम्म हामी सक्षम हुँदैनौं तब सम्म हामीले स्वतन्त्रताको कल्पना नगरे हुन्छ,’ उनले भनिन्, ‘त्यसैले शिप अनुसार काम गर्नु अपरिहार्य छ ।’

कोरोनाको समयमा खान नपाएर समस्यामा परेका नागरिकलाई फेडोले खाद्यान्न दिएर सहयोग गरेको उनले बताइन् । फेडो कैलालीकी अध्यक्ष सविना सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।