धनगढी पोष्ट शुक्रबार, १० असोज २०८३   September 25, 2026
नेकपा भित्रको संघर्ष

स्थायी कमिटि बैठक आज निरन्तरता पाउने सम्भावना न्युन

काठमाडौँ

    शक्ति संघर्षका कारण फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठकले पूर्व निर्धारीत कार्यतालिका अनुुसार आज  निरन्तरता पाउनु पर्ने भए पनि त्यसको सम्भावना कम देखिएको छ ।

  प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको शक्ति संघर्षले नेकपाको विवाद उत्कर्षमा पुगेको छ । 

   समस्या समाधानका लागि केही दिन यता दुई अध्यक्षबिच पटक पटक वार्ता भएपनि कुनै सकारात्मक संकेत देखिएको छैन । जसका कारण आज बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठकले निरन्तरता पाउने सम्भावना कम भएको हो । यसअघि शनिबार बसेको थियो नेकपा स्थायी कमिटि बैठक आज सम्मका लागि स्थगित गरिएको थियो । 

 ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन ।


ट्रेन्डिङ