धनगढी पोष्ट 
                                सोमबार, २२ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        बाजुरा
   वर्षाका कारण सडकका ठाउँ ठाउँमा पहिरो खसेपछि साँफे–मार्तडी सडक खण्ड दुई दिनदेखि अवरुद्ध भएको छ । 
   पहिरोले बडिमालिका नगरपालिकाका बिभिन्न ठाउँमा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । शुक्रबारदेखि भइरहेको वर्षाले सडकका बिभिन्न ठाउँमा पहिरो गएको स्थानीयले बताएका छन् । 
    माथिबाट लगातार पहिरो खसीरहेकाले सडक खुलाउन समस्या भएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपकबिक्रम शाहले जानकारी दिए । उनले भने–‘दुई दिन देखि सडक अबरुद्ध भएको छ, खुलाउनका लागि हामीले पहल गरिरहेका छौं ।’ 
 लगातारको बर्षासंगै बुढीगंगा नदिमा पानीको सतह बढेर आसपास कटान गर्न थालेपछि सडक नै जोखिममा परेको   छ । अछामको साँफे देखि बाजुरा मार्तडी सम्म अधिकांस सडक नदिको छेउमै रहेकाले जतिवेला पनि नदिले सडक बगाउने खतरा रहेको स्थानीयले बताएका छन् ।  सडक जोखिममा रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता भने नगरेको उनीहरुको आरोप छ ।