धनगढी पोष्ट 
                                सोमबार, २२ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
      सुदूरपश्चिममा आज थप १३ जनामा कोरोना पुष्टि भएको  छ । पछिल्लो २४ घण्टामा धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
  आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा डडेल्धुराका पाँच जना र धनगढी भएको परिक्षणमा कैलालीका ८ जना गरि १३ जनामामा कोरोना संक्रमण पुष्टि भएको हो ।
   आज कोरोना संक्रमण पुष्टि भएका कैलालीका थप ८ जनामा धनगढी उप–महानगरपालिका वडा नम्वर २ का २५ बर्षीय युवक, वडा नम्वर ३ का ३३ बर्षीय युवक, वडा नम्वर ७ की ३३ बर्षीय महिला, वडा नम्वर १२ का ५२ बर्षीय पुरुष, सोही वडाका ४८ बर्षीय पुरुष, वडा नम्वर १४ की ३५ बर्षीय महिला, सोही वडाका २२ बर्षीय युवक रहेका छन् ।
   यस्तै गोदावरी नगरपालिका वडा नम्वर १० की ३० बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ ।