धनगढी पोष्ट
मङ्गलबार, २३ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा आज थप २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ८ महिला र १४ पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशीक अस्पतालका अनुसार आज थपिएका संक्रमितहरुमा अछामको मेल्लेख गाउँपालिकाका २ महिला ३ पुरुष गरि ५ जना, कैलालीको लम्की चुहाका ३ महिला १० पुरुष गरि १३ जना र कैलालीकै गोदावरी नगरपालिकाका ३ महिला १ पुरुष गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्ले २४ घण्टाको अबधिमा २ सय ९ जनाको स्वाव परिक्षण गरिएको २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी प्रेश बिज्ञेप्तीमा उल्लेख छ ।