धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

बैतडीमा जीप दुर्घटनामा पाच प्रहरीको मृत्यु

बैतडीमा जीप दुर्घटनामा पाच प्रहरीको मृत्यु

धनगढीः बैतडीमा  मतपेटिका पुरयाएर फर्किदै गरेको जिप दुर्घटना हुदा ५ प्रहरीको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा  प्रहरी बोकेको से १ ज ८५४ नम्बरको  जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडा अध्यक्ष दिपक विष्टले बताए।

 ‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटाएका छौँ । अन्य तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ,’ वडाध्यक्ष विष्टले भने, ‘जिप भिरमा खसेकाले उद्दारमा कठीनाइ भइरहेको छ । प्रहरी टोली घटनास्थलतर्फ आउदै छ ।’

जिप टुक्राटुक्रा भएको छ । मृतक र घाइते प्रहरीको परिचय खुलेको छैन ।