धनगढी पोष्ट
मङ्गलबार, २३ असार २०७७ मा प्रकाशित
धनगढी
कैलाली तथा आसपासका क्षत्रमा सोमबार वेलुका देखी सुरु भएको बर्षा आगामी तीन दिन सम जारी रहने र खोलामा पानीको सतह बढ्ने अनुमान गरिएको छ ।
खोलामा पानीको सतह बढ्दा कैलाली तथा आसपासका क्षेत्रमा बाढीको सम्भावना रहने भन्दै मौसमविदले सचेत रहन आग्रह गरेका छन् ।
मौसमविद गंगा नगरकोटीले भोलिदेखि मनसुनको न्युन चापिय क्षेत्र बढ्दै गएका कारण बुधबार (भोली) देखि कैलालीमा भारी बर्षाको सम्भावना रहेको र त्यसले जोखिमयुक्त क्षेत्रमा बाढीको संभावना रहेको बताइन् । ‘कैलाली र आसपासका क्षेत्रमा भोलिदेखि मनसुन थप सक्रिय हुनेछ’ मौसमविद नगरकोटीले भनिन्– ‘त्यसले ठूला नदीमा पानीको बहाव बढ्नेछ, पानीको बहाव बढ्दा जोखिमयुक्त बाढी आउने सम्भावना रहेको छ ।’
उनले बाढीको आउने क्षेत्रका नागरिकलाई तथा पहिरोको जोखिममा रहेका बस्तीमा सचेतना अपनाउनु पर्ने बताइन् । कैलालीमा पछिल्लो २४ घण्टाको अवधीमा ३८ मिलिमिटर बर्षा भएको छ ।
कैललीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जिल्लाका सम्भावित बाढी आउने क्षेत्रमा सूचना प्रवाह गरेर सचेत गराइएको बताए । स्थानीय तहमै विपद व्यवस्थापन समिति निर्माण गरी प्रकोप न्युनीकरण तथा सचेतना गराउने कामलाई अझै शसक्त बनाईएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।