धनगढी पोष्ट 
                                मङ्गलबार, २३ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
  पूर्बराजा ज्ञानेन्द्र शाहको जन्मोत्सबको अवसर पारी धनगढीमा मन्दिरमा पुजा सहित फलफुल वितरण गरिएको छ ।
  स्वतन्त्र राष्ट्रवादी नागरिक समाजको अगुवाईमा धजगढी स्थित आमाको माया छात्रबास र ट्रष्टि फाउण्डेसनमा फलफुल वितरण गरिएको राष्ट्रवादी नागरिक समाजका ललित जोशीले जानकारी दिए । 

   यसैगरी जन्मोत्सवको अवसर पारि धनगढी स्थित लक्ष्मिनारायण मन्दिरमा पुजा आजा समेत गरिएको जोशीले बताए । आज पुर्बराजा ज्ञानेन्द्र समर्थकले देशभर बिभिन्न कार्यक्रम सहित उनको जन्मोत्सब मनाई रहेका छन् ।