धनगढी पोष्ट बिहिबार, ०७ फागुन २०८२   February 19, 2026

पूर्ब राजाको जन्मोत्सबमा फलफुल बितरण

पूर्ब राजाको जन्मोत्सबमा फलफुल बितरण

धनगढी

  पूर्बराजा ज्ञानेन्द्र शाहको जन्मोत्सबको अवसर पारी धनगढीमा मन्दिरमा पुजा सहित फलफुल वितरण गरिएको छ ।

  स्वतन्त्र राष्ट्रवादी नागरिक समाजको अगुवाईमा धजगढी स्थित आमाको माया छात्रबास र ट्रष्टि फाउण्डेसनमा फलफुल वितरण गरिएको राष्ट्रवादी नागरिक समाजका ललित जोशीले जानकारी दिए ।

   यसैगरी जन्मोत्सवको अवसर पारि धनगढी स्थित लक्ष्मिनारायण मन्दिरमा पुजा आजा समेत गरिएको जोशीले बताए । आज पुर्बराजा ज्ञानेन्द्र समर्थकले देशभर बिभिन्न कार्यक्रम सहित उनको जन्मोत्सब मनाई रहेका छन् ।