धनगढी पोष्ट
बुधबार, ०७ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार लालबीर चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । लालबीरले नागरिक उन्मुक्ति पार्टीको समर्थनमा स्वतन्त्र लडेर चुनाव जितेका हुन् ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित लालबीर रेशम चौधरीका बुवा हुन् ।
नेकपा माओवादीका केन्द्रका सुरेश पन्थलाई १३६ मतले पराजित गर्दै विजयी भएका लालबीर नागरिक उन्मुक्ति पार्टीको समर्थनमा बिजयी भएका हुन् । लालबीरले २६ हजार ५२० मत पाएका छन् ।
लालबीरलाई पछ्याएका पन्थले २६ हजार ३८४ मत पाएका छन् । नेकपा एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत पाए ।
बर्दिया २ मा नागगरिक उन्मुक्ति पार्टीको तर्फबाट रेशमले दर्ता गरेको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले लालबीरलाई समर्थन गरेको थियो ।