धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

ससुरा  र  बुहारीले जिते प्रतिनिधि सभा सदस्य निर्वाचित

ससुरा  र  बुहारीले जिते प्रतिनिधि सभा सदस्य निर्वाचित

धनगढी बर्दियाको निर्वाचन क्षेत्र नम्बर बाट  लालबीर चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् बर्दियाबाट निर्वाचित भए पनि लालबीरको घर कैलालीको टीकापुर हो

कैलालीको निर्वाचन क्षेत्र नम्बर बाट रन्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् रन्जिताको घर पनि टीकापुर नै हो

प्रतिनिधि सभा सदस्यमा निर्वाचित लालबीर रन्जिताको घर मात्र एकै ठाउँ होइन उनीहरुको घर पनि एकै हो अर्थात लालबीर रन्जिता ससुरा बुहारी हुन्

अर्को शब्दमा लालबीर २०७४ मा भुमिगत रुपमा नै चुनाव लडेर प्रतिनिधि सभा सदस्यमा भारी मतले बिजयी भएका रेशम चौधरीका बुवा हुन् भने रन्जिता श्रीमती

पहिचानको मुद्धा स्थापित गर्न टीकापुर घटनालाई राजनैतिक मुद्धाका रुपमा लिएर स्थापित गर्न स्थापना भएको नागरिक उन्मुक्ति पार्टीबाट उनीहरु प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्

२०७४ मा भारी मतान्तरले प्रतिनिधि सभा सदस्य निर्वाचित भए पनि  रेशमले जेलमा नै रहेर सपथ पनि लिन नपाएपछि यसपटक कैलाली बाट रन्जिता चुनाव लडेकी हुन् रन्जिताले निकटतम प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीलाई  ठुलो अन्तरले पराजित गरेकी छन्

 चुनाव यसपटक लडे पनि रन्जिताले गत पुसमार नागरि उन्मुक्ति पार्टीको सथापना गरेर गत बैशाखमा भएको पालिकाको निर्वाचनमा  पार्टीको सहभागिता गराएकी थिइन् उक्त चुनावमा नागरिक उन्मुक्तिले कैलालीको पुर्वी क्षेत्रका टीकापुर नगरपालिका, जानकी गाउपालिका, भजनी नगरपालिका जोशीपुर गाउपालिकामा बहुसंख्यक सिटमा जित हासिल गरेको थियो

 रन्जिताले २०७४  भुमिगत  रहेका आफ्ना श्रीमान रेशमलाई बिजयी बनाउन गाउँ गाउँमा चुनावी अभियानको नेतृत्व गरेकी थिइन् टीकापुर घटनामा दोषी बनाएपछि भुमिगत रहेका आफ्ना श्रीमान रेशमको वारेश बोकेर प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएकी थिइन्

लामो समयदेखि कर्णाली नदीबाट सिचाईका लागि निकालिएका कुलाहरुको उपभोक्ता समुहका अध्यक्ष रहेका एमालेबाट २०७४ मा कैलाली को प्रदेश सभा सदस्यको उम्मेदवार बनेका लालबीर यसपटक बर्दियाबाट स्वतन्त्र चुनाव  लडेका हुन्    जेलमै रहेका रेशमले वारेशनामा मार्फत बर्दिया मा  दर्ता गरेको उम्मेदवारी उजुरी परेपछि रद्ध भएको  थियो रेशमको उम्मेदवारी रद्ध भएपछि नागरिक उन्मुक्तिको समर्थनमा लालबीर प्रतिनिधि सदस्य निर्वाचित भएका हुन्