धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

निषेधाज्ञा क्षेत्रमै बिद्यार्थीको प्रदर्शन

निषेधाज्ञा क्षेत्रमै बिद्यार्थीको प्रदर्शन

धनगढी प्रशासनले धनगढीमा जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै  विद्यार्थीहरुले शुक्रवार बिहानदेखि प्रदर्शन गरिरहेका छन्   बिद्यालय जादै गरेकी बालिकको कुल्चेर हत्या गरेको भन्दै बिद्यार्थीहरुले कारवाहीको माग गर्दै धनगढीको हसनपुर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्

स्थिति उग्र बनेपछि कैलालीका प्रमुख जिल्लाअ अधिकारी किरण थापाले बिहीवार राति सात बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि धनगढीका क्ही क्षेत्रमा निषेधाज्ञा जारी गर्दै पाँच जना भन्दा बढीको समुहमा हिंड्न रोक  लगाएका थिए

प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै हसनपुरको क्षेत्रमा विद्यार्थीहरुले बिहानैदेखि प्रदर्शन गर्ने टायर जलाउने  गरिहरेका छन्

प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका पुरानो फूलबारी बसपार्क ९पुष्पलाल चोक०, पश्चिममा धनगढी रातोपुल, उत्तरमा धनगढी सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढी स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो

धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएको थियो धनगढी तारानगरकी साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो

उनको मृत्युपछि बिहीवार देखि नै विद्यार्थीहरु आन्दोलन गरिरहेका छन्