धनगढी पोष्ट मङ्गलबार, ०७ असोज २०८३   September 22, 2026

कैलाली बहुमुखी क्याम्पसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

धनगढी निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागेको बेलामा शिक्षकहरुलाई करारमा नियुक्त गरेको भन्दै कैलाली बहुमुखी क्याम्पससँग स्पष्टीकरण सोधेको

आचारसंहिता लागु भएको बेला करारमा नियुक्त गर्नाको कारण तीन दिनभित्र पेश गर्न भन्दै निर्वाचन आयोगले कैलाली बहुमुखी क्याम्पसँग स्पष्टीकरण माग गरेको हो

कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्यायले आयोगले स्पष्टीकरण सोधेको पत्र इमेल चेक नगरेकोले थाहा नभएको बताए क्याम्पस बिरुद्ध उजुरी परेको भन्ने मैले सुनेको हु क्याम्पस प्रमुख उपाध्यायले भनेमैले निर्वाचन आयोगको पत्र हेरिसकेको छैन भोलि क्याम्पस गएर इमेल चेक गर्छु अनि थाहा होला

कैलाली बहुमुखी क्याम्पसले मंसिर गते क्याम्पसका आंशिक शिक्षकहरु मध्य १५ जनालाई शिक्षण सहायकको रुपमा करारमा नियुक्त गर्ने निर्णय गरेको थियो   क्याम्पसले बनाएको पुरानो मेरिट लिस्ट अनुसार नछानेर मेरिट लिस्टमा पछाडी रहेका  चार जनालाई   पनि छनौट गरिएको थियो यस्तो गर्दा मेरिट लिस्टमा १५ जना भित्र रहेका  चार जनालाई छनौट  गरिएको छैन

क्याम्पस प्रमुख उपाध्यायले २०६९ देखि २०७३ सम्म सेवा शुरु गरेका शिक्षकहरुलाई छनौट गरिएको बताए त्यसमध्य एक जना चाहि २०७४ मा सेवा शुरु गरेकालाई करारमा नियुक्त गरिएको हो क्याम्पस प्रमुख उपाध्यायले भने  हामीले सबै प्रकृया पुरयाएर, छनौट समितिको सिफारिश अनुसार करारमा नियुक्त गर्ने शिक्षकहरुको छनौट गरिएको हो

सुदुरपश्चिम बिश्वबिद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई आंशिक शिक्षकहरु मध्य १५ जनालाई करारमा नियुक्त गर्न अनुमति दिएको थियो    


ट्रेन्डिङ