धनगढी पोष्ट
बुधबार, २१ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । कम्प्युटर एशोसिएसन महासंघ नेपाल जिल्ला शाखा कैलालीको आठौं जिल्ला अधिवेशन यज्ञराज ओझाको अधयक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्ष प्रकाश देउवा, सचिव नरेन्द्रराज अवस्थी, सहसचिव राम प्रसाद चौधरी र कोषाध्यक्ष नवीन चौधरी, सदस्य लक्ष्मी दत्त जोशी र राजेन्द्र बिष्ट रहेका छन् ।
निर्वाचित भएको लगत्तै बसेको क्यान कैलालीको कार्यसमितिको पहिलो बैठकले सदस्यमा रेखा चौधरी र राजुदेव चौधरीलाईल मनोनित गरेको छ ।
यसअघि क्यान कैलालीका अध्यक्ष नरेश सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टेलिकम सुदुरपश्चिमका क्षेत्रीय सहनिर्देशक सुरत मल्लले अधिवेशनको उद्घाटन गरेका थिए ।
अधिवेशनमा महासंघका केन्द्रीय सचिव हर्क सेट्टी, महासंघका प्रदेश सचिव धनबहादुर बोगटी, महासंघ कैलालीका संस्थापक अध्यक्ष ओम पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।