धनगढी पोष्ट
बुधबार, २४ असार २०७७ मा प्रकाशित
धनगढी
पेन्सन बुझ्न बैतडीको सीमावर्ती भारतीय बजार झुलाघाटमा बैैंकमा लाइन लागिरहेको बेला अचानक ढलेर एक जना नेपालीको बुधबार मृत्यु भएको छ ।दशरथचन्द नगरपालिका ८ त्रिपुराका ८३ बर्षीय धनसिंह रावलको पे्न्सन बुझ्न गएको बेलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीलmेजनाएको छ ।
‘बैंकमा लाइन लागेको बेलामा वहाँ (धनसिंह) ढल्नु भएको छ ।’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी उपरिक्षक नारायण प्रसाद अधिकारीले भने ‘वहाँलाई वारि (नेपाल) अस्पताल ल्याउने क्रममा मृत्यु हो ।’ रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेको प्रहरी उपरिक्षक नारायण प्रसाद अधिकारीले बताए ।
रावलको कोरोना परिक्षण गर्न परिवारले नमानेकोले स्वाब संकलन पनि नगरिने प्रहरी नायव उपरिक्षक अधिकारीको भनाई छ । मृतकको शव परिवारको जिम्मा लगाईएको छ ।
भारतीय सेनाबाट सेवानिवृत्त रहेका रावल पेन्सन बुझ्न झुलाघाट गएका थिए ।
भारतीय सेना र अन्य सेवामा काम गरेका पुर्व कर्मचारी (पेन्सनहोल्डर) लाई पेन्सन बुझ्न भारतीय बवारमा जान दिनका लागि बुधबादेखि शुक्रवारसम्म बैतडी र दार्चुलामा तीन सीमा नाका खोलिएका छन् ।
प्रहरी नायव उपरिक्षक अधिकारीले आज ७४ जना नेपाली पेन्सन बुझ्न झुलाघाट गएको, नाका बन्द भएर भारतमा फसेका १० नेपाली नेपाल आएको र १२ भारतीय भारत गएको बताए ।