धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायको पहल गर्ने

गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय  : निर्मला पन्तको न्यायको पहल गर्ने

काठमाण्डौं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन्

गृह मन्त्रालयको सोमबार  पदभार ग्रहण गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले निर्मला पन्तको न्यायका लागि पहिल गर्ने पहिलो निर्णय गरेका हुन्

कञ्चनपुर भीमदत्त नगरपालिका , उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो उनको शव ११ साउन २०७५ मा उखुबारीमा फेला परेको थियो पन्तको हत्या भएको चार वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन

चार बर्ष अघि भएको निर्मलाको हत्याका बिषयमा लामिछानेले न्युज २४ टेलिभिजनको सीधा कुरा जनतासँग कार्यक्रममा पटक पटक समाचार छलफल सँचालन गरेका थिए

निर्मला हत्यापछि नेपाल प्रहरीका चार जना प्रहरी महानिरीक्षक (आईजीपी ) नै फेरिएका छन् निर्मलाको हत्या हुँदा नेपाल प्रहरीका आईजीपीमा सर्वेन्द्र खनाल थिए उनको पालामा सुल्झाउन नसकेको निर्मला पन्त बलात्कार हत्या त्यसपछि नियुक्त अर्का आईजीपी ठाकुरप्रसाद ज्ञवालीले समेत सुल्झाउन सकेनन्

त्यसपछि आईजीपी बनेका शैलेश थापा क्षेत्रीले पनि हत्यारा पत्ता लगाउन सकेनन् अहिले धीरजप्रताप सिंह आईजीपी छन्   तर, पन्तका हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन