धनगढी पोष्ट
शनिबार, १६ पुष २०७९ मा प्रकाशित
धनगढी । राष्टिय सहकारी बैंकले किसान बहुउदेश्यीय सहकारी संस्थालाई सुदुरपश्चिमको उत्कृष्ट सहकारी घोषणा गदै सम्मानित गर्ने भएको छ । राष्टिय सहकारी बैंक लिमिटेडले आफ्नो १९ औ साधारण सभाका अवसरमा शनिबार बैंकले प्रदेशभरिका सहकारीहरु मध्य किसानलाई उत्कृष्ट घोषणा गरेको हो ।
कैलालीकोल लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान सहकारीका सुदुरपश्मिभरि कार्यालयहरु रहेका छन् ।
सहकारी बैंकले प्रदेशस्तरमा बचत तथा ऋण सहकारीहरु मध्य युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड महेन्द्रनगरलाई उत्कृष्ठ घोषणा गरेको छ ।
सहकारी बैंकले कन्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेड देशभरिका सहकारीहरुमा उत्कृष्ट घोषणा गरेको छ । बर्षभरि गरेको बचत ऋण र अन्य कारोवारका आधारमा उदयदेव उत्कृष्ट घोषणा गरिएको सहकारी बैंकलेल जनाएको छ ।
यस्तै, सहकारी बैंकको धनगढी शाखा अन्तर्गतका सहकारीहरुमध्य सृजनशील महिला बिकास बहुउदेश्यीय सहकारी जमुनानगर उत्कृष्ठ घोषणा भएको छ । नियमित कारोवारका आधारमा शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडलाई सम्मानित गरेको छ ।
बैंकको महेन्द्रनगर शाखा अन्तर्गत मेगा बचत तथा ऋण सहकारी संस्था उत्कृष्ठ घोषित भएको छ । नियमित कारोवार तर्फ भने निङलासैनी बहुउदेश्यीय सहकारी उत्कृष्ट घोषित भएको छ ।