धनगढी पोष्ट
बिहिबार, २५ असार २०७७ मा प्रकाशित
अछाम
स्वास्थयकर्मीमा कोरोना पुष्टि भएपछि अछामको बयालपाटा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु एक सुचना जारी गरि बन्द गरेको हो ।
अस्पतालद्धारा जारी सुचनामा भनिएको छ–अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोेरोना देखिएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।