धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

हत्या आरोपमा पक्राउ परेका युवक प्रहरी थुनाबाट हत्कडी सहित फरार

हत्या आरोपमा पक्राउ परेका युवक प्रहरी थुनाबाट हत्कडी सहित फरार

धनगढी,

 हजुर आमाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जना युवक प्रहरीको थुनाबाट  हत्कडी  सहित  फरार  भएका छन् ।

 बुधबार बिहान  पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित थुनाबाट भागेका हुन् ।

 ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडी सहित भागेको कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराल बताए ।

 उनको खोजीका लागि कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरिक्ष जबराले  जानकारी दिएका छन् । ऐर ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए ।

 उनले हजुर आमाको मंगलबार दिउसो फलामको रड र धारीलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।