धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
नाष्ट कलेजको २३औं बार्षिकोत्सव तथा अभिभावक दिवस

प्राविधिक शिक्षामा नाष्टको भुमिका महत्वपुर्ण : जोशी

प्राविधिक शिक्षामा नाष्टको भुमिका महत्वपुर्ण : जोशी

 

धनगढी  । क्युएए मान्यता प्राप्त धनगढीको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) को २३औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको

सो अवसरमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले नाष्ट कलेजले गुणस्तरीय प्राविधिक शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए

अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो प्रदेश प्रमुख जोशीले भनेयस कलेजले समय सुहाउदो शिक्षा लागु गरेकोले विद्यार्थी अभिभावकको आर्कषण बढेको देखिन्छ

कलेजका प्रबन्ध निर्देशक शिवहरि मुडभरीले विद्यार्थी अभिभावकको सहयोगले नाष्ट कलेज यस ठाउँमा पुग्ना सफल भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज पछि नपर्ने बताए

कलेजका प्रवन्ध निर्देशक शिवहरि मुडभरी शर्मा सबै समुदायका कला संस्कृतिलाई जर्गेना गर्नका प्रयास गरिएको बताए

नाष्ट २०५७ मा सुदुरपश्चिमका शिक्षाप्रेमीहरुको पहलमा प्राविधिक शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको हो   यस कलेजमा इन्जिनियरिङ ब्यवस्थापनमा गुणस्तरिय  जनशक्ति उत्पादन गरिरहेको बिश्वबिद्यालय अनुदान आयोगले यस कलेजलाई क्युएए प्रमाणपत्र पनि प्रदान गरेको

पूर्व सासद महेश्वर पाठक, अभिभावक डिल्लीराज शर्मा, पंकज अग्रवाल, नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राचार्य प्रेम बहादुर चन्द, एसपिए कलेजका प्रमुख योगराज उपाध्याय, ऐश्वर्य बिद्या निकेतनका प्राचार्य प्रेमनि ओझा, सुदुरपश्चिम बिश्वबिद्यालयका पुर्व रजिष्टार तथा नाष्ट कलेज व्यवस्थापन समितिका सदस्य डा. हेमराज पन्त, नाष्टका प्राचार्य उपेन्द्र बहादुर बम, कक्षा १२ विद्यार्थी स्मृति शाही, बि. सिभिल सातौंको विद्यार्थी भाष्कर जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए

नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न  प्रतियोगिताका बिजेता बिद्यार्थीहरुलाई  सम्मान सहित पुरुस्कार वितरण समेत गरिएको थियो बार्षिकोत्सवका अवसरमा बिभिन्न सांस्कृतिका कार्यक्रम पनि प्रस्तुत गरिएका थिए

कार्यक्रम संचालन नवराज जोशी, हरेन्द्र विक्रम शाह लिला पनेरुले गरेका थिए