धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

चैतन्यको बार्षिकोत्सव सम्पन्न

चैतन्यको बार्षिकोत्सव सम्पन्न

धनगढी शिक्षाविद प्रा डा हेमराज पन्तले बालबालिकाको शैक्षिक स्तर राम्रो बनाउन अभिभावक जिम्मेवार हुनु पर्ने बताएका छन्

शनिबार धनगढी शिवनर स्थित चैतन्य पाठशालाको बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले विद्यालयको एकल प्रयासबाट मात्रै विद्यार्थीले राम्रो गर्न नसक्ने बताए स्कुल भन्दा धेरै समय विद्यार्थीले घरमा बिताउने गर्दछन्, पन्तले भने, ‘त्यसैले अभिभावकले घरमा आफ्ना नानी बाबुको निगरानी गर्नु अत्यन्तै अपरिहार्य हुन्छ, विद्यालयको एकल प्रयासले मात्रै विद्यार्थी राम्रो बन्न सक्दैन

चैतन्य पाठशालाले शिक्षा क्षेत्रको विकासका लागि नयाँपन ल्याउन खाजेको भन्दै उनले आफ्नो लक्ष्य प्राप्तिमा जोड दिन सञ्चालक टीमलाई आग्रह गरे पछिल्लो समय कैलालीमा निजि क्षेत्रबाट शिक्षामा धेरै लगानी भित्रिएको बताउँदै शिक्षाविद पन्तले भने, ‘अव गुणस्तरमा लगानी थपिनु आवश्यक , अहिले पनि हजारौं विद्यार्थी उच्च शिक्षाका लागि बाहिर जान थालेका छन्, उनिहरुलाई रोक्न गुणस्तरिय विश्वसनिय शिक्षामा जोड दिनु पर्दछ

कैलाली बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख धर्मराज उपाध्यायले विद्यार्थीमा उत्प्रेरणा जगाउने शिक्षाको आवश्यकता रहेको बताए उनले शिक्षाको जग बलियो बनाउन विद्यार्थीले पढेका कुरा आफ्नै भाषा शैलीमा बुझ्नु आवश्यक रहेको बताए पहिला विद्यार्थीलाई पिटेर रटाएर पढाउने गरिन्थ्यो, उनले भने, ‘त्यसरी पढाउदा पढेको बुझिने भए पनि विद्यार्थीमा आफै सोच्ने शक्तिको विकास हुन सक्दैनथ्यो, जस्का कारण देशले खोज, अनुसन्धान गर्ने गर्ने जनशक्ति पाउन सकेन, अहिलेको शिक्षा पद्धतिले विद्यार्थीलाई खोज, अनुसन्धानमा तल्लिन गराउन खोजेको

उनले विद्यार्थीलाई पढाउदा शब्दको अर्थ स्थानीय भाषामै बुझ्ने गरी पढाउनु आवश्यक रहेको बताए हामीले अंग्रेजी माध्यममा पढाउँदा शब्दको नेपाली अर्थ मात्रै बुझाउने गरेका छौं, उनले भने, ‘तर त्यसको मातृ भाषामा के अर्थ हुन्छ भन्दैनौं, यसले हाम्रो मातृ भाषा लोप हुने खतरा

ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले विद्यार्थीको चाहना अनुसार सिक्ने वातावरण हुनु अपरिहार्य रहेको बताए अभिभावक विद्यालयको सम्बन्ध राम्रो भए पठनपाठनको वातावरण राम्रो बन्न सक्ने उनले बताए

चैतन्य पाठशालाका अध्यक्ष तथा विद्यालयका संस्थापक गणेश प्रसाद जोशीले शिक्षामा परिवर्तन ल्याउने उद्देश्यले चैतन्य सञ्चालन गरिएको बताए आफु जन्मे हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भनेर काठमाण्डौंबाट धनगढी आएको उनले बताए हामीले शिवनगरको परिभाषा फेर्ने गरी चैतन्यलाई चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौं, अध्यक्ष जोशीले भने, ‘यसमा सवै अभिभावक शुभचिन्तकको साथ सहयोग हुने अपेक्षा गरेको छु

उनले विद्यार्थीलाई सफल बनाउन विद्यालय संग अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए आफ्ना नानिबाबुलाई कसरी सफल बनाउने भन्ने बारेमा अभिभावकले योजना बनाउनु पर्दछ, उनले भने, ‘असल अभिभावक बन्न सके मात्रै असल विद्यार्थी बन्न सक्दछन्

उनले विद्यालयले निकट भविश्यमै उच्च शिक्षा पनि सञ्चालन गर्ने योजना रहेको बताए चैतन्यलाई पुर्ण शैक्षिक क्षेत्र बनाउने हाम्रो योजना रहेको , उनले भने, ‘त्यसै अनुसार हाम्रो सम्पुर्ण टीम काम गरिरहेको

विद्यार्थीलाई समाजले खोजेको योग्य नागरिक मात्र नभई जस्तोसुकै परिस्थितीको सामना गर्न सक्षम बनाउने योजना रहेको उनले बताए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश प्रशाद जोशीको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो

शिक्षाविद पन्तलाई चैतन्यशिक्षा साधना पुरस्कार

शिक्षाविद प्राडा. हेमराज पन्त चैतन्यशिक्षा साधना पुरस्कार बाट सम्मानित भएका छन्

चैतन्य पाठशालाले शिक्षा क्षेत्रका विकास शिक्षामा लामो सयम योगदान दिएका व्यक्तित्वलाई सम्मान गर्न चैतन्यशिक्षा साधना पुरस्कार कोष बनाएको शनिबार चैतन्य पाठशालाको पहिलो बार्षिकोत्सव कार्यक्रमका अवसरमा शिक्षाविद पन्तलाई २५ हजार २५ नगद सहित सम्मान गरिएको हो

विभिन्न व्यक्तित्व सम्मानित

चैतन्य पाठशालाले आफ्नो बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यार्थी, अभिभावक तथा अन्य विशिष्ट व्यक्तिलाई सम्मान गरेको

सम्मानित हुनेमा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. धर्मराज उपाध्याय, सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रामबन्धु सुवेदी रहेका छन् यसैगरी अनुशासित विद्यार्थी तर्फ प्रिन्सि चौधरी, सुमित्रा उपाध्याय, जेनी चौधरी, निर्मला थापा, रिनप चौधरीलाई पुरस्कृत गरिएको

बार्षिकोत्सव कार्यक्रमका अवसरमा अभिभावकहरु पवन ढुंगाना, मीन बहादुर अयडी, कमलसिंह लोथ्याल, दिपनाथ योगि, भावना दहाल, मञ्जु बिसि, गोरखबहादुर थापा, विष्णुदेवि थापा, गोरख बहादुर खाति, लक्ष्मी कठायत, मनिराम थापा, मिना थापा, कल्पना दहाल, शिवनारायण दहिल लगायतलाई सम्मान गरेको

बार्षिकोत्सवका अवसरमा चैतन्यले विद्यार्थीलाई छात्रवृति पनि प्रदान गरेको छात्रवृति पाउनेमा जानकी कुमाल, नेत्र कार्की, जेनी चौधरी, शिरोष बम, पुस्कल थापा रहेका छन् यसैगरी उत्कृष्ठ प्रतिभावान विद्यार्थी, मनिटर अवार्ड, चैतन्य आईकन लगायत विभिन्न विधामा पनि चैतन्यले विद्यार्थीलाई सम्मान गरेको