धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

नेपाल भारत सम्वन्ध सुदृढीकरणमा जोड

नेपाल भारत सम्वन्ध सुदृढीकरणमा जोड

धनगढी । राष्ट्रिय एकता अभियानको आयोजनामा  बिकासका क्षेत्रमा नेपाल  भारत सहकार्य बिषयका बिचार गोष्ठी धनगढीमा सम्पन्न भएको

सो अवसरमा  अभियानका अध्यक्ष बिनय यादवले नेपाल भारतबीचको उत्कृष्ठ द्धिपक्षीय सम्वन्धलाई अझै अगाडी बढाउन आवश्यक रहेको बताएका छन्

शान्तिपुर्ण सहअस्तित्व, सार्वभौभ समानता एक अर्काको आकांक्षा   संवेदनशीलतालाई बुझ्ने सिद्धान्तप्रतिको प्रतिवद्धता सम्वन्धको बलियो आधार भएको बताउदै यादवले अन्तरराष्ट्रिय मन्चहरुमा नेपाल भारतको साझा धारणा रहनु बलियो सम्वन्धको उदाहरण भएको बताए

 लायन्स क्लब  इन्टरनेशनल डिष्टिक्ट ३२५बी एनका डिष्टिक्ट गभर्नर सी बी चन्दले स्थानीय राष्टिय तहमा नेपाल भारतबीच   असल सम्वन्ध रहेको उल्लेख गर्दै सबै नागरिकले सम्वन्धका आधार थाहा पाएर धारण बनाउनु पर्ने बताए

नेपाली संस्कृति परिषद अन्तरराष्ट्रिय समितिका महासचिव हर्क स्वारले नेपाल भारतबीच जनस्तरमा राष्ट्रस्तरमा पनि सुमधुर सम्वन्ध रहेको बताए सामाजिक सांस्कृतिक रुपमा रहेको सम्वन्धको आधार जनस्तरमा नै फैलिएको भन्दै स्वारले दुवै देशबीचको सम्वन्ध अझै घनिष्ट हुनु पर्ने बताए

 ललित थापाले संचालन गरेको उक्त कार्यक्रम हर्क स्वारको सभापतित्वमा सम्पन्न भएको थियो   कार्यक्रममा क्याम्पसका बिद्यार्थी शिक्षकहरुको सहभागिता रहेको थियो