धनगढी पोष्ट
बिहिबार, २५ असार २०७७ मा प्रकाशित
धनगढी
अत्तरिया स्थित महेन्द्रनगर रोडमा रहेको आईएमई काउण्टर तोडफोड गरेर ५ लाख नगद सहित ९० हजार बराबरको रिचार्ज कार्ड चोरी भएको छ ।
अत्तरिया प्रहरीका अनुसार आज विहान १ बजेर १५ मिनेटमा आइएमईको काउण्टरको पछाडी भागको ढोका तोडेर चोर काउण्टर भित्र घुसेका थिए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले चोरीमा संगलग्न ब्यक्तिको सिसीटिभी फुटेज प्राप्त भएको र सोका आधारमा अपराधीको खोजिकार्य भइरहेको बताए ।