धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नवजीवन बित्तीय रुपमा सबल छ : बम

नवजीवन बित्तीय रुपमा सबल छ : बम

धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडले २१ प्रतिशत तरलता कायम गरेको गत माघ मसान्तसम्म सहकारीले २१ प्रतिशत तरलता कायम गरेकोले उत्कृष्ट सहकारी रहेको पुष्टि हुने सहकारीले जनाएको

उत्कृष्ट व्यवस्थापनका कारण सहकारीको बित्तीय अवस्था अहिले पनि राम्रो मंगलबार आयोजित पत्रकार सम्मेलनमा सहकारीका अध्यक्ष देब बहादुर बमले भने सहकारीले अहिले पनि कायम गरेको २१ प्रतिशतको तरलताले सबै जोखिम कम गर्छ नवजीवनसँग अहिले ९२ करोड नगद तथा बैंक मौजदात

सहकारी बिभागले सहकारीहरुको लागि देखि १८ प्रतिशतसम्म तरलता कायम गर्न निर्देशन दिएको तर नवजीवनले हालसम्म कुनै पनि संस्थाबाट ऋण नलिएको, शेयर सदस्यहरुको शेयर रकम बचत रकमबाट नै संचालन हुदै आएकोले हालको तरलता निकै राम्रो रहेको अध्यक्ष बमले बताए

सहकारी बिभागले सहकारीहरुले अन्य संस्थाबाट लिएको संस्थागत ऋणका सन्दर्भमा १८ प्रतिशतसम्म तरलता राख्न निर्देशन दिएको

नवजीवन सहकारीले बिभिन्न सफल बैकिङ्ग संस्थाहरुको करिब डेड करोडको शेयर रकम पनि सुरक्षित रहनुले सहकारीको सबल आर्थिक अवस्था झल्काउने अध्यक्ष बमको दावी

सहकारीको हालसम्म शेयर पुँजी भन्दा जगेडा कोष बढी हुनु, निक्षेप भन्दा  लगानी कम हुनुले पनि सहकार जोखिम भन्दा माथि  सहज अवस्थामा रहेको पुष्टि हुने अध्यक्ष बमले बताए सहकारीको हालसम्म  शेयर सदस्यको चुक्ता पुजी २७ करोड ७५ लाख २७ हजार भने सहकारीको जगेडा कोषमा ३५ करोड १३ लाख रहेको   

त्यस्तै सहकारीले सदस्यहरुबाट हालसम्म अर्ब ३० करोड ४४ लाख निक्षेप संकलन गरेको , भने लगानी अर्ब ८८ करोड गरेको सहकारीको स्थिर सम्पति नै १५ करोड ५२ लाख रहेको

सहकारीले आर्थिक बर्ष २०७९÷८० को माघ मसान्तसम्म करोड लाख संचालन मुनाफा गरेको गत माघ महिनासम्म सहकारीको आम्दानी ३७ करोड ४४ लाख गरेकोमा खर्च ३३ करोड ३९ लाख भएको

अध्यक्ष बमले  सहकारी सबै आर्थिक  अनुशासनको पालना गरेर संचालन भैरहेकोले निरन्तर मुनाफामा  रहेको बताए   संस्था  अनुशासित रुपमा चलिरहेको  , आन्तरि नियमनको व्यवस्था अध्यक्ष बमले भने त्यसैले नवजीवन कठिन चुनौतीको अवस्थामा पनि मुनाफामा संचालन भैरहेको  

अहिले संचालन खर्च सीमित गर्ने उदेश्य रहेकोले डडेल्धुरा काठमाण्डौमा सेवा केन्द्र संचालनको लागि अनुमति पाइसकेको तयारी पुगिसकेको भए पनि अहिल सेवा केन्द्र शुरु नगरिएको अध्यक्ष बमले बताए

नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोवार गर्न अनुमति पाउने नवजीवन नेपालकै पहिलो सहकारी हो २०५० स्थापना भएको नवजीवनले १० सेवा केन्द्रहरु मार्फत सुदुरपश्चिम लुम्बिनी प्रदेशमा सेवा दिइरहेको

नवजीवनले संचालन गरिरहेको लघुबित्त कार्यक्रममा १६ लाख ४८ हजार बचत संकलन भएको भने करोड ४९ लाख ६० हजार ऋण लगानी भएको लघुबित्त कार्यक्रमका शय जना सदस्य रहेका छन्

सहकारीका पुर्व अध्यक्ष करुणाकर पाण्डेयले नवजीवनमा पुजी परिचालन व्यवस्थित रुपमा भैरहेकोले सहकारी निरन्तर नाफामा संचालन भैरहेको बताए   अनुशासित  बित्तीय अनुशासन पालना गरेका कारण नै नवजीवन कोभिडको बेलामा पनि मुनाफा आजएन गर्न सफल भएको पुर्व अध्यक्ष पाण्डेयले बताए

नवजीवनका पुर्व अध्यक्ष चक्र बहादुर सिंहले सहकारी बित्तीय अनुशासनमा रहेर संचालन भैरहेकोले शेयर सदस्यहरुलाई प्रत्येक बर्ष बोनस दिन सफल भैरहेको बताए

सहकारीका सल्लाहकार एवम सुदुरपश्चिम बिश्वबिद्यालयका पुर्व रजिष्टार डाक्टर हेमराज पन्तले सहकारीको संचालक समिति चयनदेखि नै बित्तीय अराजकता हुन नदिन सतर्कता अपाइएकोले सहकारी निरन्तर अघि बढिरहेको बताए

 पुर्व सांसद महेश्वर पाठकले नवजीवन सहकारीले  जनताको शेयर बचत रकमको उच्चतम प्रतिफल दिइरहेको बताए