धनगढी पोष्ट
मङ्गलबार, ०९ फागुन २०७९ मा प्रकाशित
धनगढी । यौनिक तथा अल्पसंख्यक समुदायको समस्यामा आधारित भएर तयार पारिएको लघु चलचित्र नीलो फूलको धनगढी स्थित एसटीएस सिनेमा हलमा प्रदर्शनी भएको छ ।
चलचित्रमा यौनिक अल्पसंख्यक समुदायले मसाजमा व्यहोर्दै आएको समस्यालाई चित्रण गरिएको छ । विशेष गरी गाउँले परिवेसमा यौनिक अल्पसंख्यक समुदायका नागरिकले व्यहोर्नुपरेको दुःख समाजले लगाउने लाञ्छनालाई समेटेर लघु चलचित्र निर्माण गरिएको छ । चलचित्रमा महिलाका समस्या पनि समेटिएका छन् ।
यौनिक अल्पसंख्यक समुदायले मसाजमा व्यहोर्दै आएको समस्यालाई उजागर गर्न चलचित्रलाई देशका बिभिनन ठाउहरुमा प्रदर्शन गरिएको लघु चलचित्रका निर्माता तथा निर्देशक सुनिल बाबु पन्तले बताए
चलचित्रको प्रदर्शनपछि यौनिक अल्पसंख्यकका बारेमा बुझाईको बिकास हुने र समाजमा परिचय स्थापित गर्न सहज हुने अपेक्षा आफुहरुले गरेको पन्तले बताए ।
विशेष गरी गाउँले परिवेसमा यौनिक अल्पसंख्यक समुदायका नागरिकले व्यहोर्नुपरेको दुःख समाजले लगाउने लाञ्छनालाई लघु चलचित्रले प्रष्टयाएको ।
चलचित्र निर्माणका लागि १३ लाख खर्च भएको हो ।
चलचित्रमा सागर घिमिरे र उर्मिला कार्की मुख्य भुमिकामा रहेका छन् । यसका साथै घनश्याम जोशी, विमला गिरी, सरस्वती अधिकारी लगायत अन्य कलाकारको पनि चलभित्रमा उत्कृष्ट अभिनय रहेको छ ।
यसअघि काठमाण्डौं, नेपालगञ्ज र बुटबलमा पनि सो चलचित्र प्रदर्शन गरिएको थियो ।