धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिममा थपिए ३२ कोरोना संक्रमित

धनगढी

  सुदुरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङ अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दार्चुलाका १ जना र डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  यसै गरी डडेलधुरा अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका १६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ भने सेती अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा अछामका ४ जना बाजुराका २ जना कञ्चनपुरका २ जना र कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्व गौतमले प्रेस ब्रिफिङ मार्फत जानकारी दिए । 

 उनका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला कोराना मुक्त जिल्ला भएका छन् ।