धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

उमेर विवादपछि सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी सिंहले दिए राजीनामा

उमेर विवादपछि सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी सिंहले दिए राजीनामा

काठमाडौँ    नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) अशोक सिंहले राजीनामा दिएका छन् जन्म मिति झुक्याएको भन्दै अख्तियारमा उजुरी परेपछि सिंहले सिंहले  बुधबार  राजीनामा दिएका छन्

सिंह प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएको स्रोतले जनाएको हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता प्रहरी सिटरोलमा रहेको उमेर फरकफरक भेटिएको

२०५१ चैत मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत सम्म प्रहरी सेवामा रहन्थे उनका ब्याजीमध्येबाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिन बाध्य भएका हुन् 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका दाबेदार रहेका सिंह त्यसपछि भावी महानिरीक्षक बन्ने दौडमा थिए २०४९ चैतमा सेवा प्रवेश गरेका हालका महानिरीक्षक ( डीआईजी ) धीरजप्रताप सिंहसहित उनका ब्याची सबै उच्च अधिकारी ३० वर्षे सेवा अवधि पूरा गरी चैत ११ बाट अनिवार्य अवकाशमा जाने छन्

त्यसपछि नेतृत्वमा पुग्नका लागि पहिलो नम्बरमा एआईजी बढुवा हुन चाहेका डीआईजी सिंहमाथि उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेको हो उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध गएको गत बुधबार बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए अख्तियारमा परेको उजुरीको बोधार्थ मुख्यसचिव, गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयलाई पनि दिइएको थियो त्यसपछि सिंहको सिटरोल नागरिकतामा रहेको जन्ममिति खोजबिन गर्दा उमेर फरकफरक भेटिएको