धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

मिल्सबेरीको बार्षिकोत्सवमा  रक्तदान

मिल्सबेरीको बार्षिकोत्सवमा  रक्तदान

धनगढी मिल्सबेरी मोन्टेश्वरी स्कुलले आफ्नो बार्षिकोत्सव रक्तदान सहितका विविध कार्यक्रम सहित मनाएको दशौ  बार्षिकोत्सका अवसरमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए

बार्षिकोत्सव कार्यक्रममा बिद्यार्थीहरुले साङ्गितिक प्रस्तुति, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए

बिद्यालयका संचालक  सुजित शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धनगढी उप महानगरपालिकाको  शिक्षा, युबा खेलकुद महाशाखा प्रमुख नरेद्र बहादुर खाती, पुर्ब नगर प्रमुख खेम राज पाण्डे, ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्म देव भट्ट, कैलाली उद्योग वाणिज्य संघका सल्लाहकार शिव राज फुलारा, नेपाल उद्योग बाणिज्य महासंघ सुदुर पश्चिम प्रदेशका कार्यकारी निर्देशक  ज्योति  भट्ट, नवजीवन सहकारी संस्था  लिमिटेडका संचालक समिती सदस्य तथा बाल संगठन कैलालीका उपाध्यक्ष गोपाल पाठक, धनगढी जेसिसका अध्यक्ष मोहन ओझा, धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाह, सेती प्रादेशिक अस्पतालका पुर्ब अध्यक्ष दुर्गा जोशी लगायतको सहभागिता रहेको थियो

सो अवसरमा किशन सिंह टेर दिपक उपाध्यायलाई सम्मान गरिएको  थियो


ट्रेन्डिङ