धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

सहकारी अभियान्ता बमद्धारा जन्मदिनको अवसरमा घरभाडा छुट

सहकारी अभियान्ता बमद्धारा जन्मदिनको अवसरमा घरभाडा छुट

धनगढी

   राष्ट्रिय सहकारी महासंघका पुर्ब संचालक एवं सहकारी अभियान्ता भोजबहादुर बमले आफ्नो जन्म दिनको अवसरमा घर भाडा छुट गरेका छन् ।

   अभियान्ता बमले आज परेको जन्म दिनको अवसर पारी गौरीगंगा नगरपालिका वडा नंम्बर ९ साझाबजार स्थित ६ वटा सटरको एक महिनाको भाडा छुट गरेका हुन् । सहकारी अभियान एवं समाजसेवामा सकृय बमले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा समस्या परेकालाई सहयोग गर्नु पर्छ भनेर भाडामा छुट दिएको बताए ।

  अहिलेको कोरोना महामारीका कारण लामो समय देखिको लकडाउनले सबै क्षेत्र प्रभावित भएका त्यसैमा ब्यापार बयबसाय पनि झनै प्रभावित भएकाले आफ्नो स्वामित्वमा रहेका ६ वटा सटरको एक महिनाको भाडा छुट गरेको सहकारी अभियान्ता बमले जानकारी दिए  ।