धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

पोखरामा जन्मोत्सव चलिरहेको घरमा पहिरो खस्दा तीन जनाको मृत्यु

कास्की

   अविरल वर्षाका कारण गएको पहिरोमा परी बिहीबार राति पोखरामा तिन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

      राति अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका१८ सराङकोट गोठादी स्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

 सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

  थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।


ट्रेन्डिङ