धनगढी पोष्ट 
                                शुक्रबार, २६ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
 आफ्नै हजुरआमाको हत्या आरोपमा पक्राउ परि प्रहरी थुनाबाट हत्कडी सहित भागेका युवक पक्राउ परेका छन् ।
  हजुरआमाको हत्याको आरोपमा बुधबार बिहान पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार बेलुका प्रहरी नियन्त्रणमा रहेका बेला हत्कडी सहित भागेका थिए ।
उनलाई गएराति सहजपुर क्षेत्रवाट पक्राउ गरिएको छ । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । पक्राउ परेका उनलाई विहिवार राति नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । 
ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर बुधबार बेलुका खाना खाने बेला हत्कडी सहित भागेका थिए । ऐर ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका  थिए । उनले हजुर आमाको मंगलबार दिउसो फलामको रड र धारीलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।