धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

एशियन लाइफद्धारा दृष्टि  फाउण्डेशलाई खाद्यान्न सहयोग

एशियन लाइफद्धारा दृष्टि  फाउण्डेशलाई खाद्यान्न सहयोग

धनगढी एशियन  लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा धनगढी स्थित दृष्टि फाउडेशनलाई खाद्य सामाग्री हस्तान्तरण गरेको 

परिवारिक सहारा नपाएकार फाउण्डेशनमा बसिरहेका व्यक्तिहरुको हेरचाहा निम्ति सहज होस् भनेर दृष्टि फाउण्डेशनलाई खाद्य सहयोग गरिएको एशियन लाइफका सुदुरपश्चिम प्रदेश प्रमुख लोकरजा जोशीले बताए

सो अवसरमा जोशीले एशियन लाइफले जीवन बीमा मार्फतअ। जोखिम बहनको काम गरिरहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व पनि निर्वाह गरिरहेको बताए

नेपालकै अग्रणी जीवन बीमा कम्पनी एशियन लाइफ  इन्स्योरेन्सको स्थापना २०६४ मा भएको हो

दृष्टि फाउडेशनकी संचालक कल्पना भट्टले  परिवार समाजबाट सहारा पाउन पाउन नसकेकाहरुलाई  दृष्टि फाउण्डेशनले हेरचाह गरिरहेको बताइन् दृष्टि फाउण्डेशनमा हाल ४० महिला १२ बालबालिकाहरु रहेका छन्

बर्ष अघि स्थापना भएको दृष्टि फाउण्डेशनले हालसम्म सहाराबिहीन रहेका शय २२ महिलालाई सेवा प्रदान गरिसकेको  छ  ।