धनगढी पोष्ट 
                                शुक्रबार, २६ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
 धनगढी स्थित बारमा भएको विवाद उत्कर्षमा पुग्दा बिएरको बोतलले हानेर फरार भएका एक जनालाई प्रहरीले पक्रउ गरेको छ । 
 जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा चुरे गाँउपालिका–१ घर भई हाल धनगढी–१ बुद्धमार्गमा बस्दैआएका २१ बर्षे गणेश सिंह भन्ने जेनसिंह ठकुरी रहेका छन् ।  पक्राउ परेका सिंहले धनगढी स्थित किङ कोब्रा बारमा सामान्य विवादकै विच चुरे गाउपालिका–१ बस्ने भोज बहादुर बमको टाउकोमा बियरको बोतल प्रहार गरेका थिए । 
 उनले सोही बारमा भारतको लखिमपुर खिरी बस्ने सल्मान सेलमानी समेतलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको भन्ने गुनासो समेत आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । 
 पक्राउ परेका सिंहमाथी ज्यान मार्ने उद्योग र सार्वजनिक हित विरुद्ध कसुर अपराध मुद्दामा दर्ता भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।