धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढी उपमहानगरमा देखिएका ८९ जना संक्रमित को कहाँ कहाँ छन ?

धनगढी उपमहानगरमा देखिएका ८९ जना संक्रमित को कहाँ कहाँ छन ?

धनगढी

   धनगढी उपमहानगरपालिकामा देखिएका ८९ जना कोरोना संक्रमित मध्य २२ जना निको भएर घर फर्केका छन् । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा पछिल्लो केही दिन यता संक्रमण देखिएको छैन ।

     धनगढी उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक एबं कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्यायका अनुसार संक्रमित मध्य ३ जना सेती प्रादेशीक अस्पतालको आईसोलेसनमा रहेका छन् भने २५ जना धनगढी उपमहानगरपालिकाले वडा नंम्बर १५ मा निर्माण गरेको आईसोलेशनमा रहेका छन् । आईसोलेसनमा रहेकाहरुको  स्वास्थ्य जाँच तथा उपाचारका लागि ३ जना  स्वास्थ्यकर्मीको टोली २४ सैं घण्टा त्यही नै खटाएको उनले बताए ।

   संक्रमित मध्य दुई जनाको स्वास्थ्य अबस्थामा जटिलता आएपछि केही दिन अघि काठमाडौं पठाईएको तर उनीहरुको पछिल्लो अवस्था बारे जानकारी आईनसकेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए । ८९ जना मध्य वडा नंम्बर ४ कि एक जना महिलाको मृत्यु भईसकेको छ ।

 जनस्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार बाँकी रहेका ३६ जना मध्य केही उपमहानगरले निर्माण गरेका क्वारेन्टिन र केही होम क्वारेन्टिनमै रहेका छन् । क्वारेन्टिन र होम क्वारेन्टिनमा रहेकाहरुका लागि उपमहानगरपालिका अन्र्तगतका ३ जना स्वास्थ्यकर्मी कन्ट्रयाक्ट ट्रेसिङमा रहेको उपाध्यायले जानकारी दिए । ति स्वास्थ्यकर्मीले क्वारेन्टिन र घरमा रहेका संक्रमितहरुको स्वास्थ्यबारे नियमित जानकारी लिने गरेको बताए ।

धनगढी उपमहानगरमा रहेका संक्रमित मध्य ६ जना स्थानीय र वाँकी सबै देश वाहिरबाट आएका रहेका छन् । फोकल पर्सन उपाध्यायका अनुसार वाहिरबाट आएका मध्य पनि ३ जना मात्र तेस्रो मुलुकबाट आएका र वाँकी सबै भारतबाट आएकाहरु रहेका छन् ।