धनगढी । सुदुरपश्चिम कला प्रतिष्ठानले दितीय सुपक राष्ट्रिय सम्मान २०८० बाट कला संस्कृतिको क्षेत्रमा योगदान पुरयाउने ३३ जनालाई सम्मान गरेको छ । शुक्रवार धनगढीमा आयोजित कार्यक्रममा प्रतिष्ठानले सुदुरपश्चिम क्षेत्रका र सुदुरपश्चिम क्षेत्रका लागि कला, संस्कृति र साहित्यको क्षेत्रमा बिशेष काम गरेका व्यक्तित्वहरुलाई सम्मानित गरेको हो ।
सुदुरपश्चिमको बिकास र प्रवद्र्धनका लागि कला क्षेत्रका बिभिन्न आयामहरु साहित्य, संगीत, ललितकला, लोक संस्कृति, आदि बिधामा योगदान पुरयाउनेहरुलाई सम्मानित गरिएको प्रतिष्ठानका महासचिव गुणाकर पनेरुले बताए ।
प्रतिष्ठानले यसअघि पहिलो पटक २०७० सालमा ८० जनालाई सम्मान गरेको थियो ।
प्रतिष्ठानले शिवदत्त पन्त, यज्ञराज जोशी यात्री, उद्धब सिंह बोहरा, दल बहादुर बोगटी, श्रेष्ठ प्रिया पत्थर, महेश बिक्रम शाह, नर बहादुर बटाला, पदम राज जोशी प्रभात, डिग्रा बादी, किशोर भण्डारी, भोजराज भट्ट, ताराप्रसाद ओझा –मान कुमारी ओझा), लक्ष्मीदेवी बोहरा, टेक बहादुर भगोरिया, नवm खड्का, रामलाल जोशी, सुधराम दहित र रामदेव राना रहेका छन् ।
त्यस्तै पवित्रा भण्डारी, प्रदिप तुलाधर, डा. टी. एन जोशी, डा. पुष्करराज भट्ट, राजकुमार जोशी, प्रमिला चौधरी, देवीचन पुन, फुलसोइत्तर राना, अमर सुनार, पहुरा थारु दैनिक, ध्वज बहादुर महरा, सुनिता दहित,जिबी आग्री, प्रेम पौडेल र झरना बोहरालाई प्रतिष्ठानले बिशेष प्रकारको ट्रफी र खादामाला सहित सम्मानित गरेको छ ।
सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउद, चलचित्र निर्माता संघका अध्यक्ष नवल सिंह खड्का लगायतले सम्मानित गरेका हुन् ।
कार्यक्रमलाई एरिष्टो इङलिब हाइस्कुलले सहप्रायोजन गरेको छ ।
सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउदको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल सिंह खड्काको पनि सहभाागिता रहने छ ।