धनगढी पोष्ट 
                                शनिबार, २७ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
   सरकारले अबदेखि कसैले चाहेमा ५ हजार ५ सय तिरेर  कोभिड–१९ को पीसीआर विधिबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । देशका सातै प्रदेशमा शुल्क तिरेर परिक्षण गर्न पाउने ब्यबस्था गरेको हो । 
  सुदूरपश्चिम प्रदेशमा प्रादेशीक अस्पताल धनगढीमा शुल्क तिररे पीसीआर विधिबाट परीक्षण गर्न पाईने छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दा बाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए । 
   स्वास्थ्य मन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दा बाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको    हो । त्यसै अन्र्तगत सुदूरपश्चिम प्रदेशको धनगढी स्थित प्रादेशीक प्रयोगशालामा शुल्क तिरेर परिक्षण गर्न पाईने भएको हो ।