धनगढी पोष्ट 
                                शनिबार, २७ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
 डडेल्धुरामा खानेपानीको विषयमा भएको बिबादले उग्र रुप लिएपछि भएको झडपमा परी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको आलिताल गाउँपालिका–६ स्थित गणेश महराका ८ बर्षे छोरा हिमान्सु महरा रहेका छन् । उनको धनगढी स्थित सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराकाका प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले बताए ।
गाउँमा खानेपानीको पाइप सार्ने विषयमा भएको सामान्य विवादले उग्ररुप लिएपछि झगडा भएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए ।