धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
३७ औं अन्तरराष्टिय एसओस दिवस

एसओएसको अभिभावकत्व प्रदेश सरकार लिन्छ : सामाजिक मन्त्री साउद

एसओएसको अभिभावकत्व प्रदेश सरकार लिन्छ : सामाजिक मन्त्री साउद

धनगढी सुदुरपश्चिम प्रद्रेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउदले शिक्षा स्वास्थ्य राज्यको दायित्व भएकोलेल त्यसलाई पुरा गर्न सुदुरपश्चिम सरकार प्रतिवद्ध रहेको बताएका छन्   शिक्षा, स्वास्थ्यको दायित्व बालबालिकहरुले स्याहार बिकासको अधिकार पाउनु पर्छ भन्नेमा स्पष्ट छौं   ३७ औं अन्तरराष्टिय एसओस दिवसको  अवसरमा शुक्रवार एसओस बालग्राम धनगढीले आयोजना गरेको कार्यक्रममा मन्त्री साउँदले भने  तिनै तहकार सरकारले मिलेर यो दायित्व पुरा गर्नु पर्दछ

पारिवारिह स्याहार गुमाएका  बालबालिकाहरुको जिम्मेवारी लिने दायित्व राज्यको भए पनि त्यो दायित्व एसओएस बालग्रामले निभाइरहेको भन्दै मन्त्री साउदले  भने एसओएस बालग्रामले मानवीय धर्म पुरा गरेको यो पवित्र मन्दिर हो

मन्त्री साउँदले सुदुरपश्चिममा अभिभावकत्व गुमाएका बालबालिकाहरुको तथ्यांक संकलन गर्ने कार्य शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे    सामाजिक मन्त्रालय एसओएसको अभिभावकत्व लिन्छ मन्त्री साउदले भने एसओएसमा आएका समस्याहरु समाधानको पहल गर्न मन्त्रालय तयार

प्रदेश सरकारले बालबालिका, आमा बृद्धहरुको लागि पौष्टिक तत्व तयार पारेर बितरण गर्ने तयारी गरिरहेको मन्त्री साउदले बताए

एसओएस बालग्राम धनगढीका योजना निर्देशक पदम बहादुर हमालले एसओएस बालग्रामले  पारिवारिक अभिावकत्व  हेरचाह गुमाएका बालबालिकाहरुलाई   बैकल्पिक हेरचाह उपलव्ध गराइरहेको बताए

एसओएस बालग्राम सरकारले जारी गरेको बालबकालिकाको बैकल्पिक हेरचाह निर्देशिकाको पुर्ण पालना गरेर संचालन भएको सुदुरपश्चिममा एक मात्र  बालग्राम भएको उल्लेख गर्दै भने सरकारले यस कुराको निरीक्षण गरेर पुर्ण पालना भएको सुनिश्चिचता गरोस्   त्यसै अनुसारको मान्यता दिनु पर्छ भन्ने हाम्रो भनाई हो

 २०१५ मा दशौ बालग्रामको रुपमा धनगढीमा एसओएस बालग्राम शुरु भएकोे हाल बालग्राममा ९७   जान बालबालिका युवाग्राममा ४९ जना बालबालिका छन् भनेपरिवार सबलीकरण कार्यक्रममा शय ४५ बालबालिका रहेका छन् नेपालमा सन् १९७२ मा शुरु भएको एसओएसका हाल दश बालग्राम रहेका छन्

सो अवसरमा कैलाली मोडलका प्राचार्य तपेन्द्र सिंहले एसओएस  एसओएस बालग्रामले बालबालिकाको पारिवारिक हेरचाहमा समाजकै लागि नमुना काम गरेको बताए

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का सदस्य हिरालाल रानाले राज्यको दायित्व  भए पनि एसओएसले बालबालिकाकोल संरक्षणको काम गरेर राज्यको भुमिका निर्वाह गरिरहेको बताए उनले भने यस्तो काम गर्ने एसओएसलाई राज्यले सहयोग गर्नुपर्छ

कार्यक्रम संचालन  एसओएस बालग्राम धनगढीका सहायक निर्देशक रमेश चन्द्र भण्डारीले गरेका थिए