धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
कोरोना कहर

कोरोनासंगै औंलोको परिक्षण गर्न निर्देशन

सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेण्टाइनमा बसेका नागरिकको कोरोनासंगै औंलो रोगको अनिवार्य परिक्षण गर्न निर्देशन दिइएको छ ।

धनगढी,

     सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेण्टाइनमा बसेका नागरिकको कोरोनासंगै औंलो रोगको अनिवार्य परिक्षण गर्न निर्देशन दिइएको छ ।

        सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय औंलो रोगीको संख्या बढ्दै गएको र भारतमा पनि औंलो रोगीको संख्या बढेको भन्दै क्वारेण्टाइनमा रहेका नागरिकको कोरोनासंगै अनिवार्य औंलो रोगको समेत पिसिआर परिक्षण गर्न निर्देशन दिएको हो ।

      स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीद्वारा जारी गरिएको बिज्ञप्तिमा औंलो रोग समुदायसम्म फैलिन नदिन कोरोनासंगै औंलो रोगको पनि अनिवार्य परिक्षण गर्न भनिएको  छ ।