धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

यौनिक तथा लैङ्गकि अल्पसंख्यकले  निकाले गौरव यात्रा

यौनिक तथा लैङ्गकि अल्पसंख्यकले  निकाले गौरव यात्रा

धनगढी   यौनिक तथा लैङ्गिक अलपसंख्यक समुदायले बुधबारधनगढीम  प्राइड परेड मन्थ (गौरव यात्रा) निकालेका छन् निलहिरा समाज काठमाडौको सहयोगमा सुदूरपश्चिम समाज धनगढीको आयोजनामा  धनगढी चौराहबाट शुरु भएको रयाली धनगढी उपमहानगरपालिका अगाडी सम्पन्न भएको हो 

यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू प्लस) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएको यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी एवं सुदूर पश्चिम समाज धनगढीका अध्यक्ष करुणा नेपालले बताए

नेपालका अनुसार पछिल्लो समय यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरु आफ्नो हक अधिकारका लागि राज्य सामु आई खुल्न थालेपछि सुदूरपश्चिम प्रदेशमा पहिलोपटक गौरव यात्रा उत्सव प्रभातफेरि रयाली निकालेर मनाइएको हो

सन १९६९ जुन २८  मा न्यूयोर्कमा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरीले छापा मारेर आक्रमण गरेको बिरोधमा भएको प्रदर्शनको सम्झनामा अंग्रेजी वर्षको जुन महिनामाप्राइड परेडका नाममा विभिन्न कार्यक्रमहरू गरि मनाइने गरिन्छ