धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम

सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम

धनगढी

 कैलाली कञ्चनपुरका विभिन्न स्थानीय तहमा सुर्तिजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य समस्या बारेमा सर्वसाधारलाई सचेत गराइएको

 सुर्तिजन्य पदार्थ सेवन गर्ने मानिसलाई कोरोना संक्रमणको जोखिम बढी हुने विश्व स्वास्थ्य संगठनको चेतावनी पछि समुदाय स्तरमा सुर्तिजन्य पदार्थ सेवन नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको नव प्रतिभा समुह धनगढीकी अध्यक्ष मिना सोपले बताइन्

 उनले धनगढी उपमहानगरपालिका शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडामा गएर महिला समुहलाई लक्षित गरी सो कार्यक्रम सञ्चालन गरिएको बताइन् महिला समुहमा सचेतना बढाउँदा बढी प्रभावकारी हुने देखिएको उनले भनिन्–‘त्यसैले हामीले धनगढी शुक्लाफाँटाका महिला समुह रोजेका हौं

 नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्यकर कोषको आर्थिक सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् सुरुमा सडक नाटक तथा अन्य जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको भएपनि लकडानका कारण कार्यक्रमको ढाँचा परिवर्तन गरिएको उनले बताइन्

 ‘सुरुमा सडक नाटक सहित जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको थियो उनले भनिन्–‘तर लकडाउन पछि मन्त्रालयले कार्यक्रमको मोडालिटी परिवर्तन ¥यो, हामीले पनि सोही अनुसार समुह रेडियो नाटकका माध्यामबाट जनचेतना फैलाउने काम गरेका हौं

 उनका अनुसार असार २२ देखी २६ गते सम्म धनगढी शुक्लाफाँटाका विभिन्न वडामा रहेका महिला समुहलाई सुर्तिजन्य पदार्थ सम्बन्धी सचेत गराइएको थियो भने रेडियो पोष्टरका माध्यामबाट पनि सुर्तिजन्य पदार्थ सम्बन्धी जनचेतना बढाउने काम गरिएको थियो