धनगढी पोष्ट
शनिबार, २३ असार २०८० मा प्रकाशित
धनगढी । नेपाल परिवार नियोजन संघ कैलालीको अध्यक्षमा पुनः सुरेन्द्र बम निर्वाचित भएका छन् । शनिबार धनगढीमा भएको संघकको ३० औं साधारण सभाले बमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
कार्यसमितिको कोषाध्यक्षमा जनकराज जोशी, महिला सदस्य भगवती वडाल र भुवनेश्वरी मल्ल, युवा सदस्य स्तुति आचार्य, मोनिका वड र सदस्य रंजना जोशी, कुश्मा जोशी, बीरेन्द्र बिष्ट र सुचाषचन्द्र उपाध्याय निर्वाचित भएका छन् ।