साँफे मार्तडी जोड्ने बैकल्पिक मार्ग भेटिएन, द्वारीकै मार्ग सुचारु गरिने

साँफे मार्तडी जोड्ने बैकल्पिक मार्ग भेटिएन, द्वारीकै मार्ग सुचारु गरिने

धनगढी

 हरेक बर्ष बर्षायाममा सडक अवरुद्ध हुन थालेपछि बाजुरा सदरमुकाम जोड्ने नयाँ मार्गको खोजिकार्य भएपनि तत्काल सो कार्य पुरा नहुँदा पुनः यस अघिकै द्वारी मार्गनै प्रयोग गरिने भएको

 बर्षा सुरु भएसंगै यस बर्ष पनि सडकमा पहिरो जाँदा बाजुरा सदरमुकाम मार्तडीमा यातायात पुग्न सकेका छैनन् हरेक बर्ष सडकमा पहिरो गएर दुखः दिनथालेपछि नयाँ ट्रयाकको खोजिकार्य भएपनि तत्काल सो सम्भव नदेखिएका कारण बाटो मर्मत गरी द्वारीबाटै यातायात सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए

 सोमबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले दिर्घकालिन रपमा सडकलाई बलियो बनाउन भने जिल्लाको धुरालसैनबाट रिला सडकको ट्रयाक खोल्नु पर्ने निर्णय गरेको

तत्कालका लागि भासिएको द्वारी सडककै ट्रयाक खोलेर सदुमुकाम सम्म यातायात पुग्ने व्यवस्था गरिएपनि दिर्घकालिन रुपमा स्तरिय सडक निर्माणका लागि बैकल्पिक सडक निर्माण गरिनु आवश्यक प्रमुख जिल्ला अधिकारी गैह्रले भने–‘अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको

 उनका अनुसार नयाँ मार्ग निर्माण गर्न अघि बडिमालिका बूढीगङ्गा नगरपालिकाले सडक क्षत्रमा पर्ने जग्गा तथा घर खाली गरी काममा सहजता ल्याउन सहयोग गर्ने निणर्य भएको