धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

सुदूरपश्चिममा थपिए ११ संक्रमित

सुदूरपश्चिममा थपिए ११ संक्रमित

धनगढी

 सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोशगालमा गरिएको परिक्षणमा अछामका १ र कैलालीका १० जनामा संक्रमण पुष्टी भएको हो ।

 सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार थपिएका संक्रमितहरुमा ढकारी गाउँपालिका अछामका १, गोदावरी नगरपालिका५ कैलालीका १ जना, वडा नम्बर७ का दुई जना र टिकापुर नगरपालिकाका ६ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टाको अवधीमा सेती अस्पताल धनगढीको प्रयोगशालामा २ सय ४३ जनाको स्वाव परिक्षण गरिएको थियो ।