धनगढी पोष्ट
सोमबार, २९ असार २०७७ मा प्रकाशित
धनगढी
एनआरएन लघुबित्त बित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुबित्त बित्तीय संस्था मर्जर गरेर सोमबारदेखि एकीकृत कारोवार शुरु गरेको छ ।
एनआरएनले डेड बषैमै पाँच सँस्थालाई मर्जर गरिसकेको छ । गत बर्षको भदौमा क्रियटिभ लघुबित्त र रामारोशन लुघबित्तलाई मर्जर गरेका थियो ।
आज मर्जर भएका किसान माइक्रोफाइनान्स २०६९ मा सँचालन भएको कैलालीको बलियामा केन्द्रिय कार्यालय रहेको लुघबित्त बित्तीय संस्था हो भने दिव्य राष्ट्रिय स्तरको लघुबित्त बित्तीय सँस्था हो ।
एनआरएनका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहका अनुसार मर्जरपछि एनआरएनको लगानी ४ अरब १० करोड, बचत ८७ करोड ६० लाख, सदस्य संख्या १ लाख ४४ हजार र ऋणी सदस्य संख्या ५० हजार ९ शय ९७, शाखा कार्यालयको संख्या १ शय ४२, कर्मचारी संख्या ५ शय पुगेको छ ।
४४ जिल्लामा शाखा विस्तार गरिसकेकोमा आगामी १ बर्ष भित्र ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने र हकप्रद शेयर र एफपीओ जारी गरि चुक्ता शेयर पुँजी १ अरब पुरयाउने योजना रहेको शाहले बताए ।
एकीकृत कारोवार शुभारम्भ कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अहिलेको लकडाउनको बेलामा नाफा कमाउनमा ध्यान नदिएर आफु बाँच्न र ग्राहकलाई पनि बचाउन लघुबित्तले भुमिका खेल्नु पर्ने बताए ।
लघुबित्तले प्राप्त गरेको ऋण प्रवाहको सीमा बढाइएन भने कोरोनाले धर्मराएको अर्थतन्त्र उभो लाग्न नसक्ने मन्त्री बोहराले बताए ।
एनआरएनका अध्यक्ष प्रमोद उप्रेतीले एनआरएनलाई राष्ट्रिय स्तरको लघुबित्त बनाउन मर्जर प्रकृया अघि बढाइएको बताए ।
किसान माइक्रोफाइनान्सका अध्यक्ष नेत्र प्रसाद जोशी लघुबित्तले आमजनताका बीचमा आर्थिक कृयाकलाप बृद्धि गरिरहेको भए पनि डिजिटलाईज गरेर लैजान सरकारले नीतिगत सम्वोधन गर्नु आवश्यक रहेको बताए ।
एनआरएनले २०७६ भदौमा मात्र क्रियटिभ लघुबित्त बित्तीय बित्तीय सँस्था र रामारोशन लघुबित्त बित्तीय सँस्थालाई मर्जर गरेको थियो । एनआरएन नयाँ मर्जरको स्वीकृति प्राप्त भएसँगै छोटो समयमा सबै भन्दा बढी मर्जर गर्ने पहिलो संस्था बनेको छ ।
एनआरएन लघुवित्त वित्तीय संस्था ग्रामीण सेवा नेपाल नामक गैर सहकारी संस्थालाई लिएर २०७५ चैत्रमा स्थापना भएको थियो ।