धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

घुससहित पक्राउ परेका इन्सपेक्टर र अधिवक्ताविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्धा

धनगढी

 सार्वजनिक हित विपरितको जबरजस्ति करणी मुद्धा मिलाईदिने भन्दै सेवा ग्राहीबाट ५० हजार घुष लिदैगरेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक एक कानुन व्यवसायीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको

 दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले ५० हजार घुसहित पक्राउ गरेको थियो

 अख्तियारले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको सार्वजनिक हित विपरितको मुद्धा जवर्जस्ती करणीको मुद्दामा सहजीकरणको लागि प्रहरी निरीक्षक कार्कीले अधिवक्ता हिमालय बिक्रम बिष्टलाई सेवाग्राहीसँग रकमको बार्गेनिङ गर्न लगाई घुस दिन वाध्य पारेको खुलेको जनाएको

 आयोगका प्रबक्ता प्रदिप कुमार कोइरालाले जारी गरेको प्रस विज्ञप्ति अनुसार प्रहरी निरिक्षक कार्कीले मुद्धा मिलाई दिने भन्दै कानून व्यवसायी विष्ट समक्ष पिडितलाई पठाई घुष दिन बाध्य गराइएको थियो

 कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा को उपदफा -१) को कसुर अपराध गरेको देखिंएको उनलाई ५० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा को उपदफा -_ दफा को उपदफा -_ को खण्ड -_ बमोजिम सजाय हुन मागदाबी लिइएको प्रबक्ता कोइरालाले बताए

 यसै गरी कानून व्यवसायी विष्टले घुस रकम कार्कीलाई उपलब्ध गराएको पुष्टि हुन आएको अख्तियारले जनाएको विष्टविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा को उपदफा -_ दफा को उपदफा -_ को खण्ड -_ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रबक्ता कोइरालाले बताए