धनगढी पोष्ट 
                                सोमबार, २९ असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी 
 सुदूरपश्चिम प्रदेशको कैलालीमा सोमबारदेखि थारु टेलिभिजनको परिक्षण प्रशारण सुरु भएको छ । धनगढीमा केन्द्रीय कार्यालय रहेको थारु टेलिभिजनका सोमबारदेखि परिक्षण प्रशारण सुरु भएको थारु टेलिभिजन प्रालिका अध्यक्ष पोखम चौधरीले बताए ।     ‘थारु टेलिभिजनको परिक्षण प्रशारण सुरु गरयो’  उनले भने, ‘अहिले थारु सांस्कृतिक गीतसंगित मात्र प्रशारण भइरहेको छ,  तर चाँडै थारु समाचार, राजनितिक बहस, थारु सांस्कृतिक कार्यक्रम, थारु प्रतिभा प्रशारण हुनेछ ।’
    थारु टेलिभिजन १९१ नम्बर च्यानलमा आइरहेको उनले बताए । ‘शान्ति, सदभाव र पहिचान’ का लागि थारु टेलिभिजन संचालन गरेको अध्यक्ष चौधरीले बताए । 
    यो टेलिभिजन भाइनेट र नेटटिभिमा जहाँबाट पनि हेर्न मिल्ने व्यवस्था रहेको उनले जनाए ।  थारु भाषाको टेलिभिजन नेपालमा पहिलो रहेको उनले बताए ।