धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर : गोमा कुमारी खरालले जितिन् स्कुटर

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर : गोमा कुमारी खरालले जितिन् स्कुटर

धनगढी एनसेल आजियाटा लिमिटेडले सञ्चालनमा ल्याएकोहरेक दिन सरप्राइज सबैलाई स्योरप्राइज योजना अन्तर्गत सुर्खेतकी गोमा कुमारी खरालले स्कुटर जीतेकिछन्

एनसेलको बम्पर योजना अन्तरगत खराललाई स्कुटर पुरस्कार वितरण गरिएको हो यो योजना एनसेलको ब्रान्ड प्रतिबद्धताहामी तपाईंकै लागि अन्तर्गत संचलान गरिएका पहलहरू मध्ये एक हो । धनगढी स्थित एनसेल सेन्टरमा मंगलबार आयोजित विशेष कार्यक्रमका अवसरमा चर्चित अभिनेत्री केकी अधिकारीले खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकीहुन्

भदौ ३१ देखि २८ दिनसम्म संचालनमा रहेकोहरेक दिन सरप्राइज सबैलाई स्योरप्राइज योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने एक हजार ग्राहकहरुलाई हरेक हप्ता रु एक सय बराबरको बोनस ब्यालेन्स प्रदानगरिएको थियो  

एनसेलले आफ्ना ग्राहकहरु प्रति देखाएको यो अपनत्वको साक्षीबन्दै यस विषेश योजनाको बम्पर पुरस्कार हस्तान्तरण कार्यक्रममा सहभागी हुनपाउँदा धेरै खुसी छु, अभिनेतृ अधिकारीले भनिन्, ‘एनसेलका यी यस्ता कार्यक्रमलेनै नागरिकले यो कम्पनिलाई औधि रुचाएका छन्, स्कुटर विजेता खराललाई बधाई स्कुटर जितेपछि खरालले आफु निक्कै खुशी भएको प्रतिक्रिया दिइन् पहिला यो अफरबारे सुन्दा विश्वास नै लागेको थिएन,  तर पनि एनसेलको सीमनै प्रयोग गरियो, अहिले आफैले सेवाको साथै यति ठूलो पुरस्कार पाउँदा धेरै खुशी लागेको , एनसेललाई धन्यबाद

यस योजना अन्तर्गत दैनिक रुपमा ग्राहकहरुलाई प्रदानगरिएको स्योर प्राइजमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम एसएमएसहरु रहेका थिए साप्ताहिक बोनस ब्यालेन्स बम्पर पुरस्कारका लागि योग्यहुन ग्राहकले सर्त अनुसार एनसेलको बारेमा एउटा नारा पठाएका थिए साप्ताहिक बोनस ब्यालेन्स बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सी मार्फत गरिएको नाराहरुको मूल्याङ्कन विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए

यस योजना अन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप जना विजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो जस अन्तरगत मंगलबार नै विराटनगर हेटौँडास्थित एनसेल सेन्टरमा आयोजित छुट्टा÷छुट्टै कार्यक्रममा पनि अन्य बम्पर पुरस्कार विजेतालाई स्कुटर हस्तान्तरण गरिएको

विराटनगरमा सुनसरीका रोहन शर्मालाई हेटौडामा चितवनकी रिना ढकाललाई स्कुटर हस्तान्तरण गरिएको थियो बाँकी चार जना विजेताले बुधबार बिहीबार आफ्नो बम्पर पुरस्कार प्राप्त गर्नेछन् ४५ हजार भन्दा बढी नाराहरु पठाई योजनालाई सफल बनाईदिएकोमा एनसेलले आफ्ना ग्राहकलाई आभार प्रकट गरेको

यसैबीच एनसेलले मंगलबार दिउँसो धनगढी स्थित एनसेल सेन्टरमा ग्राहक भेटघाट कार्यक्रमको पनि आयोजना गरेको छलफलका क्रममा नायिका केकी अधिकारीले एनसेल सेन्टरमा आएका ग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै रु. एक सय भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेकीथिइन्