धनगढी पोष्ट 
                                मङ्गलबार, ३० असार २०७७  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी
  बाजुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।  बुढीनन्दा नगरपालिका वडा नम्वर ३ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको हो ।  
   जिल्ला प्रहरी कार्यालय बाजुराका  प्रहरी निरिक्षक तथा प्रवक्ता तथा  दान बहादुर रोकायाका अनुसार मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका वडा नम्वर ३ मेलढुस्काका ७२ बर्षिया शिव बोहोरा रहेका छन् ।
 मेलढुस्का काप्कोट सडकको बिचमा गोरु चराउन गएका बेला पहिरो पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताए । थप अनुसन्धानका लागि प्रहरीको टोली घटना स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।